झापामा संगीतसहित गजल मुशायरा

बिर्तामोड, झापा,मा पहिलो पटक गजल मुशायरा कार्यक्रम आयोजना भएको छ। नेपाल गजल फाउन्डेसनको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल फोरम, प्राञ्जल साधना केन्द्र, गोपिकृष्ण स्मृति प्रतिष्ठान र विराट रिडर्सको सहकार्यमा संगीतसहित गजल मुशायरा सम्पन्न भएको हो।

शनिबार, जनवरी २७ गते, बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटको हलमा आयोजित गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जनभन्दा बढी गजल साधकहरूले विशेष प्रस्तुति दिएका थिए। नेपाल गजल फाउन्डेसन यसप्रकारका कार्यक्रमहरू पहिले पनि आयोजना गर्दै आएको छ। फाउन्डेसनका अध्यक्ष लल्काजी श्रेष्ठका अनुसार झापामा आयोजित यस गजल मुशायरामा सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका करिब एक दर्जन जिल्लाका गजलकारहरूले गजल प्रस्तुत गरेका थिए।

डाक्टर लल्काजी श्रेष्ठ, विजय डंगाल र आदित्य अधिकारीको समेत उपस्थिति रहेको कार्यक्रममा भोजराज घिमिरे, डा. प्रदीपकुमार मैनाली, खगेन्द्र खुशी र रश्मि अभासलका गजलहरू संगीतात्मक शैलीमा प्रस्तुत गरिएका थिए। कार्यक्रममा राधा कँडेल, घनश्याम पथिक, सुरेश सुवेदी, टीका खड्का ‘राष्ट्रप्रेमी’, आञ्चलकुमार शर्मा, अञ्जना यात्री, भुवन निस्तेज लगायतका गजलहरूले माहोल झक्झक्याएका थिए।

विराट रिडर्सका संयोजक तिर्थ सिग्देलका अनुसार सोही दिन बिहान १० बजेदेखि १ बजेसम्म गजल प्रशिक्षण कार्यशाला पनि सञ्चालन गरिएको थियो। अन्तर्राष्ट्रिय नेपाली गजल फोरमका अध्यक्ष घनेन्द्र ओझाले उक्त प्रशिक्षणमा १०० भन्दा बढी सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

Facebook Comments

GK Memorial

VIEW ALL POSTS

Leave a reply

Your email address will not be published. Required fields are marked *