आज भन्दा एकहत्तर वर्ष अगाडी तेह्रथुम जिल्लाको सामथाड (खाम्लालुड) भन्ने ठाउँमा जन्म भई पुर्वोत्तर नेपालको झापा जिल्ला विर्तामोडमा विगत ४० औं वर्षदेखि साहित्य र पत्रकारिताको क्षेत्रमा कर्मथलो बनाउनु हुने स्व. गोपीकृष्ण खनालको गत श्रावण ४ गते २०७५ गते सडक दुर्घटनाबाट असामयिक निधन भयो । वहाँले विताउनु भएको सौम्य र सरल जो कोहीलाई प्रेरणादायी हुन सक्छ भन्दै वहांको पारिवारिक सदस्यहरु श्रीमती र दुई छोराहरु द्वारा वहाँको तेह्रौं पुण्य तीथिमा गोपीकृष्ण स्मृति प्रतिष्ठान को जन्म भएको हो ।
कुनै पनि राजनैतिक पार्टी विशेष, कुनै पनि धर्म, जाती र लिड०को भेदभाव विशेष नलागिकन विशुद्द तवरमा साहित्य प्रकाशन, पत्रकारिता र स्वास्थ्य क्षेत्रमा सामाजिक कार्यमा योगदान पुर्याउनु यो प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको छ । प्रतिष्ठानको गठन संगै घोषणा गरिए बमोजिम स्व. गोपीकृष्ण खनालको वार्षिक जन्म जयन्तिको समयमा प्रत्येक दुई वर्षमा पत्रकारिता तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार तथा गोपीकृष्ण वरिष्ट समाजसेवी पुरस्कार बाट शुसोभित गरिने पनि लक्ष्य लिईएको छ ।
राष्ट्रप्रेमी, समाजसेवी तथा वरिष्ठ पत्रकारको नामहरुमा अग्रणी स्व. गोपीकृष्ण खनालको नीजि सम्पतिको रुपमा छोडेर जानु भएको हजारौं दुर्लभ पुस्तकहरु तथा पत्रिकाहरु लोप हुन जाने सम्भावना भएकोले यस्को यथोचित सम्बर्धन र संरक्षणको खांचो रहेकोले यो प्रतिष्ठानले आवश्यक चांजो पांजो मिलाउने छ । प्रतिष्ठानले यी पुस्तक तथा पत्रिकाहरु कम्प्युटरको आधुनिक प्रणाली अन्तर्गत डिजीटल मार्फत ईन्टरनेटबाट संसार भरी पुस्तकहरु पढ््न सकिने व्यवस्था मिलाउने छ ।
Comments are closed.