डा. युवराज खतिवडा
नेपाल सरकारबाट हालै अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति हुनु भएका डा. युवराज खतिवडा केहि समय अगाडि अर्थमन्त्री र प्रधानमन्त्रीको अर्थ विज्ञ सल्लाहकारको रुपमा कार्यरत हुनुहुन्थ्यो । वि. सं. २०१३ साल श्रावण १४ गते ताप्लेजुङमा जन्मनु भएको डा खतिवडा दिल्ली स्कुल अफ युनिर्भसिटीबाट मौद्रिक नीतिमा वि सं २०४८ सालमा विद्यावारिधी गर्नु भएको हो ।

डा. खतिवडाले नेपाल राष्ट्र बैंकबाट सरकारी सेवा गर्नु भएको थियो भने गत २०६६ साल चैत्र ९ गते गर्भनर पदमा नियुक्ती भई चार वर्ष सेवा प्रदान गर्नु भएको थियो । वहांले नेपाल सरकारको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा दुई वर्ष सेवा प्रदान गर्नु भएको थियो भने सदस्य कै हैसियतमा पनि तीन वर्ष काम गरी सक्नु भएको छ ।
अर्थशास्त्रमा दक्ष, कुशल र अनुभवी डा खतिवडा गभर्नर पदमा रहदा बजार नीति भन्दा बाहिर अनैतिकरुपमा जग्गा र घर किनवेचमा नेपालका वाणिज्य बैकहरुलाई अंकुश लगाई धेरै बैकहरु दिवालिया हुन बाट बचाउन कुशल भूमिका खेल्नु भएको थियो ।
डा. खतिवडा महेन्द्र विधा भूषण २०५० र सुप्रवल गोर्खा दक्षिण बाहु २०५७ द्धारा शुसोभित हुनुहुन्छ । वहांले मानव समृद्धी विकास र मौद्रिक व्यवस्थापनमा पुर्याउनु भएको योगदानलाई कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुबाट पनि सम्मानीत भईसक्नु भएको छ ।
डा. खतिवडा स्व. खनालको पारिवारिक नाता सम्बन्ध भित्रको हुनुहुन्छ ।
डा. सुमनराज तिम्सिना
विगत २५ औं वर्ष देखिको अनुभवबाट व्यवस्थापकीय रणनीति तथा नेतृत्व विकास सम्बन्धी कार्य अन्तर्गत हाल इन्टरनेशनल डेभलपमेण्ट इन्स्टीच्युट (आईडिआई) को कार्यकारी प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

वि सं २०२२ सालमा दार्जिलिड०मा जन्मनु भएका डा. तिम्सिना बैक अफ अमेरिका तथा फनेइ मेई जस्ता व्यावसायिक संस्थाहरुमा उपाध्यक्षको हैषियतले कार्य सम्पादन गरी सक्नु भएको छ । जवाहरलाल नेहरु विश्व विद्यालय न्युदिल्लीबाट विद्यावारिधी गर्नु भएका तिम्सिनाले युनिभर्सिटी अफ पेन्सोल्भानियाबाट पनि व्यवस्थापन सम्बन्धी लामो अध्ययन गर्नुभएको छ ।
शुक्ष्म शिक्षा व्यवस्थापन, व्यावसायिक शीप, युवा संगठन र पर्यटन विकास र यस्मा सरकारी भुमिका सम्त्रन्धी व्यवस्थापकिय नीति र व्यावसायिक भुमिका अन्तर्गत हाल नेपाल, भारत, तथा नाईजेरियामा वहांको संस्था मार्फत अमेरिकी सरकारले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
अमेरिका स्थित नेपालीहरुको पहिलो सामाजिक संस्था ननरेसिडेंट नेपलिज नेशनल कोओर्डिनेशन काउन्सील अफ यूएसए को अध्यक्षता ग्रहण गर्नुभएका डा. तिम्सिना पहिलो अमेरिका नेपाली समाजमा चिर परिचित व्यक्तित्व हुनुहुन्छ । हाल भर्जिनिया डिसीमा स्थाई बसोवास भएकोले लाईन्स क्लव अफ भर्जिनिया, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एशियन लिडरशिप नेटवर्क तथा दुर्गा मन्दिर जस्ता सामाजिक संस्थाहरुमा आवद्ध हुनुहुन्छ ।
सर्वेन्द्र खनाल
नेपाल प्रहरी संगठनको २६ औं प्रहरी महानिरिक्षक पदमा नेपाल सरकारद्धारा गत २०७५ बैशाख ५ गते नियुत्ति भई हाल कार्यरत हुनुहुन्छ । नेपाल सरकारको करिव ७२ हजार संख्यामा रहेको प्रहरी संगठनको नेतृत्व सम्हाल्न आई पुग्नु भएका खनाल सत्य सेवा सुरक्षणम् को नारा सहित एक कुशल प्रसाशक र प्रतिभाशाली व्यक्तित्व रुपमा लिईन्छ ।

वि सं २०२२ साल चैत्र २८ गते तनहूंमा जन्मनु भएका खनालले वि स २०४६ साल देखि प्रहरी निरिक्षकको सेवा रुपमा शुरु गर्नुभएको हो । वहांले व्यवस्थापन संकायमा उतिर्ण गर्नु भएको छ भने त्रिभुवन विश्व विद्यालयबाट जनसम्पर्क व्यवस्थापनमा स्नाकोत्तर गर्नुभएकोछ ।
आधुनिक व्यवस्थापन तथा नेतृत्व विकासमा राष्टिय र अन्तराष्टिय प्रहरी संगठनहरुबाट सम्मानित तथा श्रीलंका, मलेशिया, इटाली र अमेरिकाबाट विशेष तालिम हासिल गर्नु भएका खनाल आफ््नो व्यावसायिक क्षेत्रमा आफनो कार्यकुशलतामा अग्रमी भुमिकामा देखिनु भएको थियो ।
अपराध र अनुसन्धानको क्षेत्रमा सफल सुव्यवस्थापन र सुशासनलाई स्थायित्व प्रदान गर्न नेपाल प्रहरीको आईजीपी पदमा सर्वेन्द्र खनाल संगठनमा आफ्नै गहिरो पहिचान बनाएका कारण वहा जहां कायरत रहनु भयो त्यस क्षेत्रमा अमुल्य छाप छोड््नु भएको ठानिन्छ ।
पुरुषोत्तम सिग्देल

लामो समय सम्म अर्थात आफ््नो उमेरको ४५ औ वसन्त शिक्षण पेशामा समर्पित हुनुभएका श्री सिग्देल श्री बुद्य आदर्श माध्यमिक विद्यालय, बुधवारे झापामा प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
वि सं १९४२ सालमा ताप्लेजुङमा जन्मनु भएका सिग्देल त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातक तथा बनारसबाट प्राचार्य समेतको अध्ययन गर्नु भएको थियो । अध्यापन पेशाबाट अध्ययनशील तथा निवृत्ती जीवन विताई रहनु भएका सिग्देलले आमा र परिक्रमा नामक खण्डकाव्य पनि भर्खरै प्रकाशनमा ल्याउनु भएको छ ।
जयनारायण ढुङ्गाना
वि सं २००७ साल मंसिर १२ गते शान्तिपुर ईलाममा जन्मनु भएका ढुड०गाना २०३५ सालमा नीजि क्षेत्रबाट मेची अंचलमा पहिलो अग्रेजी शैक्षिक संस्था स्थापना गर्ने व्यक्तित्वको रुपमा झापा जिल्लामा चिर परिचित हुनुहुन्छ ।

वहांले शुरुमा प्राथमिक शिक्षाको पठन पाठन बाट स्थापना गर्नु भएको कन्काई वोर्डिड० स्कुल हाल सम्म आईपुग्दा मानविकी, व्यवस्थापन, विज्ञान, होटल व्यवस्थापन र कम्पुटर साइन्समा स्नाकोत्तर सम्म नेपाली र अंगे्रजी दुवै भाषाबाट अध्ययन तथा अध्यापन हुने अवस्था सम्म आईपुग्दा एक सफल व्यावसायीको रुपमा वहांलाई मानिन्छ । शान्तिपुर गाविसमा प्रधान पन्चबाट राजनीति पनि गर्नु भएको श्री ढुड०गाना सन्् १९८७ मा नेपाल जेसिजको उपाध्यक्ष, सनातन धर्म सेवा समितिको वरिष्ठ सल्लाहकार समेतको पदभार ग्रहण गरि सक्नु भएको छ । विर्तामोडको ट्राफिक चौक संगै दुर्गा मन्दिरको स्थापनाबाट सामाजिक कार्य शुरु गरेको श्री ढुड०गानाले दर्जनौं धार्मिक तथा सामाजिक संघ संस्थाहरुमा चन्दा सहयोग पुर्याउनु भएर स्थानिय सामाजिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्नु भएको ठानिन्छ ।
कुल प्रसाद संग्रौला

वि स २०७४ सालको गणतान्त्रिक नेपालको स्थानिय चुनावमा विर्तामोड नगर पालिका वडा नं ४ मा वडा अध्यक्ष पदमा नेपाली कांगे्रसको तर्फबाट निर्वाचित प्रतिनिधीको रुपमा हाल कार्यरत हुनुहुन्छ । विगत २२ औं वर्ष देखि स्थानिय दर्जनौ सामाजिक संघ संस्थाहरु आबद्ध श्री संग्रौला स्थानिय समुदाय विच चिर परिचित हुनुहुन्छ ।
वि सं २०१२ साल भाद्र २६ गते पांचथरमा जन्मनु भएका श्री संग्रौला स्थानिय पाचथरबाट विर्तामोडमा बसाईसराई भए पछि स्थानिय सामाजिक कार्य तथा व्यावसायमा आबद्ध हुनु भएको हो । नेपाल स्काउट पांचथर, पांचथर खेलकुद विकास परिषद, नेपाल उद्दोग तथा वाणिज्य महासंघबाट सामाजिक कार्य शुरु गर्नु भएका श्री संग्ैला जेष्ठ नागरिक समाज विर्तामोड, संग्रौला वंश समन्वय तथा समाज कल्याण जस्ता अनगिन्ती सामाजिक सघ संस्थाहरु सम्बद्ध हुनुहुन्छ भने वहाले थाईल्याण्ड, हड०कड०, जापान र अमेरिका जस्ता विकशित मुुलुकको भ्रमण गर्नु भएको छ ।

Comments are closed.