मनोज खनाल
स्व. गोपीकृष्ण खनालको जेष्ठ सुपुत्रको रुपमा वि सं २०२७ साल माघ महिनामा भारतको शिलगडीमा जन्मनु भएकोले वहाको वाल्यकाल भारत मै वितेको हो । विगत चौध वर्ष देखि अमेरिकाको न्यूर्योक र न्यूजर्सीमा बसोबास गर्नु हुने श्री खनाल लेखा तथा व्यवस्थापनको पेशासंग आवद्ध हुनुहुन्छ । श्री खनाल नेपालमा रहदां पनि लेखा अधिकृतको रुपमा करिब आठ वर्ष सरकारी सेवामा कार्यरत हुनुहुन्थ्यो ।

विधार्थीकालमा सुर्योदय युवा क्लव, जुनीयर जेसीज विर्तामोड जस्ता सामाजिक संस्थाहरुबाट शुरु गर्नुभएको सामाजिक योगदान अहिले पनि नेपालमा केही विधाथीैहरु वहांको सहयोग र व्यवस्थापनमा निशुल्क अध्ययन गरि रहेका छन्् ।
नेपाल चार्टड एशोसिएशन संघ दोस्रो वर्गको सदस्यता लिएका श्री खनाल एकताका चियै चिया नामक स्मारिकाको सम्पादन तथा प्रकाशन गरेको पनि अनुभव छ ।
साहित्य र पत्रकारितामा क्षेत्र उनको घरायसी वातावरणमा वितेकाले नयां कामना साप्ताहिक पत्रिका र रहर साहित्यिक मासिक प्रकाशनमा प्रबन्ध निर्देशकको हैसियतले लामो समय सम्म कार्य सम्पादनको अनुभव छ । एकताका वि सं. २०४० सालमा मेची अंचल कै पहिलो कापी उधोगबाट व्यावसायिकीकरण शुरुवात बाट पछि छापाखाना हुदैं निरन्तर प्रकाशन सम्मको संलग्नता रहेको थियो ।
साहित्य र पत्रकारिता क्षेत्रमा कलम चलाउनु हुने स्वतन्त्र तथा प्रखर वक्ताको रुपमा वहांको कलमलाई लिन सकिन्छ ।
वहांले त्रिभुवन विश्व विधालयबाट व्यवस्थापन संकाय अन्तर्गत लेखा प्रणाली र कर व्यवस्थापनमा स्नाकोत्तर सम्मको शिक्षा हासिल गर्नु भएको छ ।
यो प्रतिष्ठान श्री खनाल कै मन मस्तिष्कमा उब्जीएको परिकल्पनाको अन्तिम र साकार रुप हो भनेर लिन सकिन्छ । वहांको पीता स्व गोपीकृष्ण खनालले समाजमा स्वालम्वन र कर्मठ भई नयां आउने पुस्ताहरुको मार्ग दर्शन स्वरुप कोर्नु भएको गोरेटोलाई योगदान स्वरुप कदर गर्दै जीवन्त राख्न यो प्रतिष्ठान गठन गरिएको बताउनु हुन्छ ।

Comments are closed.