रुपादेवी खनाल

स्व. गोपीकृष्ण खनालकी धर्मपत्नी हुनुहुन्छ । वि सं २००९ साल फाल्गुण २२ गते ताप्लेजुड०मा जन्मनु भएको हो । बुद्य आदर्श माध्यमिक विद्यालय बुधवारे झापामाअध्ययन गर्दै गर्दा वि सं २०२६ सालमा गोपीकृष्ण खनालसंग वैवाहिक सम्त्रन्ध गांसिन पुगेको थियो जुन समय होटल व्यावसायसंग भारतको शिलगढीमा आबद्ध हुनुहुन्थ्यो ।
वि स. २०३१ सालमा प्रवासी जीवनलाई त्याग गरी चन्द्रगढी, झापामा पत्रकारिता पेशा शुरु गर्नु हुंदा श्रीमति रुपा देवी खनाल पनि पारिवारिक वृत्ति विकासमा आफुना दुई छोराहरु मनोज र रोशण सहित सहयोद्धाको रुपमा सरिक हुनुहुन्थ्यो ।
यस प्रतिष्ठानको संरक्षिका तथा स्थापनाकर्ताको रुपमा रहनु भएकी श्रीमती खनाल स्व. गोपीकृष्ण खनालको साद््गी जिवनलाई पत्रकारिता, साहित्य र सामाजिक क्षेत्रमा जीवन्त राखि राख्न तथा निरन्तरता दिन प्रतिष्ठान मार्फत अग्रसर रहनु भएको देखिन्छ ।

Comments are closed.