उद्देश्य

(क) यो प्रतिष्ठान नेपाल सरकारको ऐन र नियम बमोजिम पुर्ण रुपमा मुनाफारहित, गैरसरकारी, विशुद्ध जनहितकारी सामाजिक प्रतिष्ठान हुनेछ ।

(ख) यो प्रतिष्ठान कुनै पनि राजनैतिक पार्टि विशेष, कुनै पनि धर्म, जातजाती र लिड््ग विशेष नभईकन विशुद्ध तरिकाले सामाजिक क्षेत्रमा पत्रकारिता, साहित्य, प्रकाशन र स्वास्थ्य सम्वन्धी कार्य गर्ने छ ।

(ग) गोपीकृष्ण खनालको जन्म जयन्तीको समयमा प्रत्येक दुई वर्षमा पत्रकारिता तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार तथा गोपीकृष्ण वरिष्ट समाजसेवी पुरस्कार बाट शुसोभित गरिने पनि लक्ष्य लिईएको छ

(घ) यो प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको नीजी सम्पतीको रुपमा रहेको विविध पुस्तकहरु तथा पत्रपत्रिकाहरुको संरक्षण तथा सम्बर्धन गर्नेछ । यसै क्रममा ती पुस्तक तथा पत्रिकाहरुलाई आधुनिक डिजीटल प्रणाली अन्तर्गत इन्टरनेट मार्फत  संसार भरी पढ््न सकिने व्यवस्था मिलाउने छ ।

(ङ) स्व. गोपीकृष्ण खनालद्धारा लिखित तथा प्रकाशित अप्रकाशित पुस्तक, लेख, रचनाहरु यही डिजीटल प्रणालीबाट इन्टरनेट मार्फत संसार भरी पुर्याइनेछ ।

(च) नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रमा गहनतम योगदान पुर्याउने उद्देश्यले कुनै लेखक, पत्रकार तथा कवि साहित्यकारहरुको रचना, लेखलाई पुस्तकको रुपमा प्रकाशन पनि गर्नेछ ।

(छ) नेपालमा बढ््दै गईरहेको सडक दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक नियम तथा सडक र सवारी साधन सम्बन्धी जनजागरण ल्याउन जनचेतना सम्बन्धी सामाजिक कार्य संचालन गरिनेछ ।

(ज) यो प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा आवश्यक स्रोतको व्यवस्थापन गरी प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स सेवा पनि संचालन गर्नेछ ।