अन्तत : स्व गोपीकृष्ण खनालको १३ औं पुण्य तिथी अर्थात गत श्रावण १६ गते २०७५ साल तदनुसार जुलाई ३१ तारेक २०१८ का दिन सार्वजानिक घोषणा गरिएको सामाजिक संस्था “गोपीकृष्ण स्मृति प्रतिष्ठान” ले आफ्नो बेबसाईट आज Mansir 23 2075 सार्वजानिक गर्न पाउंदा आफू अत्यन्तै हर्षित भएको छु ।
यहांहरुले प्रतिष्ठानको आधिकारिक बेवसाईट www.gkmemorial.org मा भ्रमण गरेर हाल सम्मको गतिविधी हेर्न र पढ्न सक्नुहुनेछ ।

प्रतिष्ठानको सारथीको रुपमा अघि बढ्नु हुने स्थानीय सामाजिक व्यक्तित्वहरुको योगदानले यस सामाजिक संस्थाको मर्म, उद्देश्य र महत्वलाई अझ गौरन्वावित बनाउनु हुनेछ मैले दृढ विश्वास लिएको छु ।
गोपीकृष्ण स्मृति प्रतिष्ठानको आफ्नो अधिकारिक बेबसाईट संसार माझ प्रस्तत भएको लगभग एक महिना भई सकेछ । बितेको एक महिनामा प्रतिष्ठानको बेबसाईटको भ्रमण गर्ने अनि सल्लाह र सुझाव दिनु हुने सम्पुर्ण महानुभावहरुलाई प्रतिष्ठान धन्यवाद ज्ञापन गर्दछ । प्रतिष्ठानको बेबसाईट अमेरिका, क्यानाडा नेपालबाट सबैभन्दा बढी हेरिएको छ भने जापान, दुबई, अष्ट्रेलिया, भारत, हङकङ र मलेसियाबाट पनि बेबसाइट खोजी गरी हेरिएको छ ।
गोपीकृष्ण स्मृति प्रतिष्ठान यहांको अमुल्य सुझाव र सल्लाहको सदैव स्वागत् गरी रहनेछ ।
