मनोज खनाल
नेपालका केही पुर्वाेत्तर जिल्लाहरुका नीलो आकाश र यस सुन्दर हराभरायुक्त धर्तीमा साहित्य, प्रकाशन र पत्रकारिता क्षेत्रमा आफ्रनो जीवनको ४०औँ वसन्त समाजसेवामा समर्पित एकजना श्रमजीवी तथा राष्ट्रप्रेमी व्यक्तित्वको भर्खरै दुखद अन्त्य भएको छ । मैले व्यक्तिगत रूपमा अझ स्पष्ट भन्नुपर्दा मलाई जन्म दिने प्रातस्मरणीय पीता श्री गुमाउन पुगेको छु । खनाल परिवार लगायत सनातन धर्म सेवा समिति, मोती छन्दकला परिवार समेत झापा जिल्लाका दर्जनौं सामाजिक संघसंस्थाहरूले एउटा जीवन्त अभिभावक गुमाएको कुरा १३औं पुण्यतिथी सम्म समाजले देखाएको सौहार्यतापुर्ण वातावरणले यथार्थ अभिव्यक्त गरिसकेको छ । विर्तामोड परिसरमा वर्षाैँदेखि अनवरत रूपमा साइकलमा ओहोर दोहोर गरिरहेको दिनहुँ देखिरहने ती आँखाहरूले शायद त्यो अनुहारलाई अझै पनि खोजिरहनेछ जो अब कहिल्यै नदेखिने क्षितिजमा ओझेल भइसकेको छ । छ त केवल अब स्मृतिमा मात्र त्यो साइकल रोकेर के छ भनी हालखवर सोधेको अनि भलाकुसारी गरेको ।
यो समयको खेल हो, समय सदैव बलवान सँगै मूल्यवान पनि छ । हरेक मानिसको ‘जन्म’ शब्द भित्र रहेको वास्तविक आधा न ( न् ) मात्रमा अडेको मानव जीवन को र कसको भागमा कसरी पर्दछ भन्ने कुरा साँच्चै नै थाहा नहुंदो रहेछ । मानव जीवनको घटना र दुर्घटना बीचमा रुँमल्लिएको हाम्रो समाज आधुनिक युगमा आइसक्दा पनि हरेक घर र परिवारलाई आ–आफ्नै तरिकाले पिरोलेकै हुनेरहेछ । सडक दुर्घटनाको कतिपय घटनाहरू हिजोसम्म यी कान समक्ष आइपुग्दा पल्लो गाउँमा अरे, तल्लो गाउँमा अरे मात्र बानी परेको अवस्थामा आज त आफ्नै गाउँमा मात्रै नभएर घरकै दलानमा ठोक्किन पुगेको रहेछ ।
हिजोका ती दिनहरूमा साथीभाइ तथा आफन्तहरूलाई यस्तो विषम परिस्थितिमा अरुलाई सम्झाउन सक्ने यो मन जब आपैmलाई सम्झाउन भने नसक्ने हुँदोरहेछ । यो संसारको एउटा रीत नै हो भनेर चित्त बुुझाउनै पर्ने यो मन आज आपैmँले आपैmँलाई बुझ्न र बुझाउन नसकेको मनभित्र अन्तर आकाश जमिनको फरक पो पर्ने रहेछ ।
गत श्रावण ४ गते बिर्तामोडको रामचौकमा कुनै दर्दनाक दुर्घटना घट््दै गर्दा म भने अमेरिकाका न्युजर्सी राज्यको जर्सीसिटीको हाईटमा बिहानको नित्यकर्म सकेर शारीरिक व्यायामका लागि छिमेकी भाइ सन्दीप सापकोटासँग लङटेनिस खेल्नका लागि व्यस्त रहेछु । भाइ युवराजले भाइवर मार्पmत पठाएको फोनको रिङ करिब सातओटा मिस भएपछि उठाएको आठौँ कलले मात्र दुर्घटनाको खबर जानकारीमा आउन सक्यो । दुर्घटनाका समाचारले मैले टेकेको भूमि कति फिट तल धसिएको अनुभव गर्न नपाउदैं छिमेकी काका जयेन्द्र उदास र मामा दीनानाथ सिग्देलसँगको वार्तालापले यथार्थ वस्तुस्थितिको जानकारी हुन गयो । त्यसपछिका केही घण्टाहरूमा भाइहरू रोषण, युवराज र अस्पतालका कर्मचारी मार्पmत पाइरहेको अपडेट समाचारहरूमा साइकल दुर्घटनामा पर्नु भएको, उपचारार्थ वि.एण्ड सी. अस्पतालमा भर्ना गरिएको, टाउकामा गम्भीर चोट लागेको कारणले रगत जम्न गएको, चाँडोभन्दा चाँडो अपरेशन गर्नुपरेको, रगत दिनुपर्ने अवस्था भएको, अपरेशनपछि बुबाको शरीरले साथ नदिएका घटनाहरू एकपछि अर्को अविरल रूपमा आउँदै गर्दा करिब आठघण्टाको दुरी बीचमा मलाई नजानिँदो पाराले अभिभावक बिहीन बनाइरहेको रहेछ ।
आफ्नो देश छोडी परदेश लाग्नु र परदेशी हुनुको पीडा एउटा प्रसुती पीडा भन्दा कम नहुँदोरहेछ भन्ने कुरा जो एउटा परदेशी र जन्म दिएकी जननीलाई मात्रै थाहा होला । एकाघरका परिवारका सदस्यमा कोही एकजनाको अभावमा सबै एकै ठाउँमा भेला हुन नसक्नु एउटा परदेशी मनले मात्रै बुझ्न सक्ने कुरा हो । मेरो लगभग तेह्रौँ वर्षको अमेरिकी जीवनमा यस्तो परिणति बेहोर्नुपर्छ भन्ने कुरा मनको कुनै कुनामा पनि नरहेको भए तापनि यथार्थसँग लड््न सक्ने क्षमता नहुँदा नै होला मानिसहरू विचलित हुन्छन्् होला साथै सम्हालिन केही समय लाग्दो पनि होला ।

वैदिक हिन्दु धर्म संस्कृति अनुसार तेह्रौं दिन पछि हुने ४५ औं दिनको कार्यक्रम पनि हिजो सम्पन्न भइसकेको छ । दुर्घटना स्थलदेखि अस्पताल हुँदै माइधारमा सद््गति र तेह्रौँ दिनको काजक्रिया सम्पन्न गर्ने हरेक कार्यक्रमहरूमा म आपूm जेष्ठ सुपुत्रको अनुपस्थितीमा सो सरह भूमिकामा साथ दिनेहरू मेरा परिवार, आफन्त, हितैषी, शुभचिन्तकहरू अन्य इष्टमित्रहरू साथै छरछिमेकी सहित संघसंस्थाहरूप्रति म आभारी छु । मैले केही व्यक्तित्वहरूको नामै लिनुपर्दा मामाद्वय दीनानाथ सिग्देल र पुण्यप्रसाद पौड््याल, छिमेकी काकाद्वय जयेन्द्र उदास र खड््गप्रसाद दाहाल साथै भाइहरू युवराज, मेघराज, पङ््््कज, आशीष, अनिल, सुनिल, नवीन र भानुभक्त, बहिनीहरू सिर्जना, कल्पना, बन्दना सहित प्यारी छोरी पूर्णिमाहरूले पु¥याएको योगदानलाई म कुनै शब्दमा व्यक्त गर्न सक्दिन । त्यसै गरी मेरा चारैजना काकाहरु, मामा पुरुषोत्तम सिग्देल, फुपु फुपाजु, खनाल बन्धुहरू, नजिक नातेदारहरू अनि जो घटना सुनेर पाल्नुभएका छिमेकी, हितैषी इष्टमित्रहरू धन्यवादका पात्रहरू हुनुहुन्छ । मेरो बुबासँग अत्यन्तै नजिकबाट चिन्नुु हुने तथा पछिल्ला दिनहरुमा दैनिक भेटघाटमा संलग्न हुनुहुने रोहिणी विलास लुइँटेल, कोमलप्रसाद पोखरेल, विष्णु प्रसाद भट््टराई, गणेश खनाल, जय नारायण ढुड०ाना, गंगाराम भट््टराई सहित बुद्ध अफसेट प्रेसका भाइ नरेन्द्र÷कमला पराजुलीको मन र मस्तिष्कबाट ओझेल हुन धेरै समय लाग्ने कुरामा म विज्ञ छु । यो दुखद समाचार सुनेपछि मुम्बईबाट शान्तिराम खनाल सिलगढीबाट मीमलाल सापकोटा, गोपाल शर्मा, नारायण शर्मा, हेटौंडाबाट लीला उप्रेती, पोखराबाट केशवराज भण्डारी, फिदिमबाट देवी सिटौला, कविता शर्मा, ईटहरीबाट खगेन्द्र सिग्देल अनि सिग्देल परिवार लगायत खाँदवारीबाट सिर्जना र बन्दना अनि छिमेकी जिल्लाहरूबाट आफन्तहरूको सुमपस्थिति खनाल परिवारले कसै गरी बिर्सन नसक्ने क्षणहरू हुन् ।
तेह्रौं दिनको काजक्रिया सम्पन्न गर्ने क्रममा दशौं दिनमा गरिएको खनालत्रन्धु चोख्याउने (गहुंत खाने कामको सम्पुर्ण अविभारा लिनुहुने रुपक खनालको योगदान कम महत्वको छैन । अमेरिकाको जर्सीसिटी निवासमा बुबाको काजक्रिया (गुरुको सल्लाहमा) सम्पन्न गर्न सहयोग पु¥याउन हुने हितैषी मित्रहरुको नाम मैले लिइन भने मलाई धेरे पछुतो रहने छ । हाल म सँगै रहनु भएको बाहुण्डांगी निवासी आदरणीय दिदी राधा शर्मा जो तेह्रौ दिनसम्म घरमा समवेदना दिन आउनु हुनेको देखभाल गर्नुभयो र मलाई खानपीनमा सहयोग पु¥याउनु भयो ।
भर्जिनियाबाट डा. सुमनकुमार तिम्सिना र प्यारी दिदी रमिता प्रसाइर्, पेन्सलभानियाबाट विनोद मोक्तान, जस्ता व्यक्तित्वहरु जो जर्सीसिटी निवास मै आएर शोक पुस्तिका मार्फत सान्त्वना प्रदान गर्नु हुने सहित न्युर्योक । न्यजर्सी एरियामा बसोबास गर्नु हुने सयौं संख्यामा रहेका मेरा अभिन्न मित्रहरुको उपस्थितीले मलाई निक्कै हौसला मिल्यो । यस बाहेक प्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने किरण थापा, धनीराम सापकोटा, नवराज सुवेदी, संदिप सापकोटा, विनोद पौडेल, अनिल रोक्का, नृपबहादुर विष्ट, प्रदीप कुमार थापामगर, निरन्जन थापा, कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, प्रकाश दाहाल र गोमा न्यौपाने प्रति आभार प्रकट गर्न चाहन्छु । अझ वजनदार रुपमा भन्नुपर्दा जर्सीसिटी आसपास बसोबास गर्नु हुने करिब ७०–७५ नेपाली घर परिवार समेटीएर स्थानीय जर्सीसिटी नेपाली कमिटी र कारणका लागि महिला ९ध्ँऋ० द्वारा दुर्घटनाको दुई दिनपछिको पिकनिक कार्यक्रम स्थगित गरेर त्यो दुःखद घडीमा सरिक हुनु भई सान्त्वना प्रदान गर्दै शोकमा सहभागी हुनु भएको आत्मीय आत्माहरु प्रति हामी नतमस्तक भएका छौं म संग व्यक्त गर्ने कुने शब्दै छैन किनकी मलाई संझना छ वहांहरुसंग बुवाको पछिल्लो भेटघाट मानसपटमा मडारिरेहेको छ ।
त्यस्तै बुबा संलग्न दर्जनौं संघ र संस्थाहरूले निजी निवासमै शोक सभा मार्पmत प्रदान गर्नु भएको शोक सम्मानपत्रप्रति खनाल परिवार सधैं ऋणी रहने र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने महानुभावहरु प्रति वहाँको दुर्घटना सुनेर÷देखेर समर्पण प्रकट गर्नु हुने सम्पूर्ण नातागोता, हितैषी इष्टमित्रहरुमा धन्यवाद नभन्दा यो मेरो आलेख अपुरो रहने विश्वास लिएको छु । यो आलेख अमेरिकामा कोरी रहंदा यदि कसैको त्रुटिवश नाम उल्लेख गर्न छुट हुन गएको खण्डमा अग्रिम क्षमा प्रार्थी पनि छु ।
स्व. गोपीकृष्ण खनालले ७१ औं वर्षसम्म सादगी र सामान्य जीवन विताउंनु हुंदा, छापाखाना र पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको उत्थानमा हौसला गरी रहंदा नेपाली समाजलाई सधै केही न केही दिई राख्ने व्यक्तित्वका रुपमा धनी हुनुहुन्छ भनी शोकाकुल पानाहरु पढिरहदां यो मन छचल्किएर भक्कानी रहन्छ । वहाँले समाजप्रति पु¥याउनु भएको योगदानप्रतिको मूल्याङ््कन र समाजले वहाँप्रति देखाउनु भएको सदासयतालाई जीवन्त बनाई राख्न मेरो मानसपटलमा उब्जेको उपजले तेह्रौ दिनको पुण्य तिथिमा सार्वजानिक गरिएको “गोपीकृष्ण स्मृति प्रतिष्ठान”ले आफ्नो कार्य सुरुवात गरिसकेको कुरा सुनाउन पाउँदा खुशी लागेको छ । यसै अनुरुप वहांको ४५ औं दिनको पुण्य तिथीको अवसरमा प्रतिष्ठानको लोगो यसै आलेख मार्फत सार्वजानिक गरिएको पनि जानकारी गराउन चाहन्छु । स्व. खनालको ४० औं वर्षको पत्रकारिताको इतिहास पछि फर्केर हेर्दा नेपाली पत्रकारिताको इतिहासमा बिरलै होला जस्ले आफ््नो जीवनस्तर साइकलबाट शुरु गरेर साइकल मै अन्तिम जीवन व्यथित गर्यो ।
मृत्यूवरण भएपछि आफ्ना परिवारलाई सम्पत्ति स्वरुप छोडेर जानु भएको दसौं हजार पुस्तक र पत्रपत्रिकाहरु सम्बद्र्धन र संरक्षण गर्ने काम प्रतिष्ठानको जिम्मामा आएको छ । प्रतिष्ठानको विधान, गठन र दर्ता प्रक्रिया सहित करिब अनुमानित पचास लाखको अक्षय कोष खडा गरी त्यसको व्याजबाट प्राप्त रकमले “गोपीकृष्ण पत्रकारिता पुरस्कार” सहित प्रकाशन, शैक्षिक र स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने अभिलाषा राखिएको छ ।
दुघर्टना बीमा वापत प्राप्त रकममा परिवारको तर्फबाट शतप्रतिशत रकम थप गरी करिब बाह्र लाख बाइस हजारको कोषबाट स्थापना गरी संचालनमा आउने प्रतिष्ठानलाई सम्पूर्ण व्यक्ति, संघ र संस्थाहरुबाट सहयोगको आह््वान गरिएको छ भने अमेरिकामा पनि गो फण्ड (www.gofundme.com) मार्फत सहयोग संचालन गरिएको छ । सहयोग पुर्याउनु हुने दाताहरुलाई झापा बिर्तामोडस्थित श्रीमती रुपादेवी खनाल (संस्था दर्ता नहुञ्जेलसम्मका लागी) को नामबाट NIC Asia Bank बचत खाता नं A/C 0902957090352401 मा सिधै नेपालमा जम्मा हुने तथा विदेशमा पेपल Paypal एकाउण्ड ईमेल आईडी gkmfoundations@gmail.com मार्फत सहयोग पु¥याउनु हुन हार्दिक अनुरोध गरिएको छ । प्रतिष्ठानको प्रत्येक कार्यक्रम, गतिविधि, सदस्यहरुद्यारा सङ््कलित रकम बारेको सम्पूर्ण जानकारी WWW.gkmemorial.org (निर्माणाधीन) मार्फत सार्वजनिक गरिने व्यहोरा पनि अनुरोध गरिएको छ । हाल : अमेरिका
